श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  फागुन २३ गते आइतबार, ७ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन कृष्णपक्षको नवमी तिथि १७ः०८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मूल २१ः१७ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः२१ र सूर्यास्त ६ः०७ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

समय राम्रो छ ।आम्दानिका नयाँ स्रोतहरु खुल्नेछन् । सोचे अनुरुप काम बन्नेछन् । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पारिवारिक मेलमिलामले मनमा प्रसन्नता छाउनेछ । पढाईमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सवारी साधन चलाउँदा विचार पु¥याउनु होला । आँखा सम्बन्धी समस्याले सताउनु सक्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अध्ययन अध्यापन भन्दा खेलकुद तिर मन जानेछ । मान–सम्मान प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्यको ख्याल राख्नुहोला । मन अशान्त हुनेछ । कष्ट रोग घाटा आकस्मिक सङ्कट आदिको भय रहन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धन लाभ प्राप्त हुन सक्छ । व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुन सक्छ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन प्रसन्न रहला । धन र स्वास्थ्य लाभको साथै सुख प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पढाइमा तथा प्रेममा सफलता मन प्रसन्न रहला । रचनात्मक तथा कलाकारितामा मन जाला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

तपाईको मन अशान्त तथा निरास रहन सक्छ ।पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सुख र धनको प्राप्ति हुनेछ । नयाँ वस्त्र प्राप्त हुन सक्छ । आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रममा वृद्धि हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कार्यसिद्धि होला मान–सम्मानमा वृद्धि होला । स्वास्थ्यले पनि साथ देला साथै उच्च अधिकारिबाट साथ मिल्ला ।