श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल फागुन २५ गते मङ्गलबार, ९ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन कृष्णपक्षको एकादशी तिथि १५ः२५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तरषाढा २१ः०१ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः१९ र सूर्यास्त ६ः०८ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सानो काममा धेरै समय दिनुपर्ला । अवसरवादीहरूबाट सजग रहनुहोला । बुद्धिको उपयोगले फाइदा मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा केही काम सम्पादन हुनेछन् । दिन सामान्य छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्ने योग छ । हराएको सामान भेटिनाले मन प्रसन्न रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट लाभ मिल्ला । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सवारी साधन खरिद गर्ने योग छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
होटल व्यवसायबाट मनग्य लाभ मिल्नेछ । मन प्रसन्न रहला । भ्रमणको योग रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलोमा बित्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक साधनले जीवनमा परिवर्तन ल्याउन सक्छ । छोटो दूरीको फलदायी यात्रा पनि सक्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तसँग सुमधुर सम्बन्ध राख्नका लागि विशेष ध्यान पु¥याउनु होला । शुभचिन्तकको साथ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायबाट अपेक्षित फाइदा लिन नसकिएला । शत्रुपक्ष सक्रिय रहने देखिन्छ । दिन कष्टकर रहेको छ ।