श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल फागुन २६ गते बुधबार, १० मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन कृष्णपक्षको द्वादशी तिथि १५ः०२ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र श्रवण २१ः२१ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः१८ र सूर्यास्त ६ः०९ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन् । विवादबाट जोगिनु पर्ने समय छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आँटले सजिलै लक्ष्यमा पु¥याउनेछ । सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ । यात्रा फलदायी देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा अनुयायीको साथले हिम्मत बढाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अधि बढ्दा लाभ मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको व्यवहारले शङ्का उब्जाए पनि शुभचिन्तकहरूको साथ बढ्दा विस्तारै लाभ मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । प्रयत्न गरेमा लक्ष्य प्राप्ति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने स्थिति आउनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिवश केही चुनौती देखा पर्नेछन् । चिताएका कामको योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेहनत गरे पनि सोचेको नतिजा प्राप्त नहुन सक्छ । परिस्थितिले काममा बाधा पु¥याउन सक्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मेहनतले राम्रो प्रतिफल दिलाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले हात झिक्नाले कामको भार बढ्नेछ । विवादास्पद जिम्मेवारी बहन गर्नुपर्ला ।