श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  फागुन २८ गते शुक्रबार, १२ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन कृष्णपक्षको चतुर्दशी तिथि १५ः२० बजेसम्म, उप्रान्त औंशी, नक्षत्र शतभिषा २३ः०४ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः१६ र सूर्यास्त ६ः१० मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । भाग्यले पनि विभिन्न अवसर जुटाउनेछ । यात्रा सफल रहला । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मेहनत गर्दा जिम्मेवारी प्राप्त हुने सम्भावना छ । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सामाजिक काममा रुचि बढ्नेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

रमाइलो यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा मन रमाउनेछ । कामको बोझ बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला,  साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज शुभकार्यको चर्चा चल्नेछ । व्यवसायका क्षेत्रमा उन्नति, प्रगतिको वातावरण बन्नेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

भाग्यले विभिन्न अवसर जुटाउनेछ । घरमा अतिथिको आगमन हुनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

ठीक समयमा निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्ने योग परेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मेहनतले विशेष अवसर हातपार्न सकिनेछ । जोस, जाँगर बढ्नेछ । दिगो फाइदा हुने काम पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । सोचेका कामकाज पूरा हुँदै जानेछन् ।