श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल चैत ३ गते मङ्गलबार, १६ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको तृतीया तिथि २१ः१३ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अश्विनी ७ः४३ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः१२ र सूर्यास्त ६ः१२ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामको योजना बन्नेछ । सहयोगीहरू अघि बढ्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आँटे, ताकेको कार्य पूरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवन शैलीमा परिवर्तन आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बस्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उच्चतहका व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको चाप बढ्नेछ । शरीरमा थकान महसुस हुनेछ । अर्थ अभावले पनि मन पिरोलिन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अधुरा काममा पहिलेकै समस्या दोहोरिने सम्भावना छ । उपलब्धिका लागि केही समय पर्खनु पर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दौडधुपमै समय बित्नेछ । मिहिनेत गरेअनुसार प्रतिफल प्राप्त नहुनाले मन खिन्न हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम समयमा पूरा गर्न मुस्किल देखिन्छ । आज धनमाल जोगाउन सजग रहनुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । आँटे ताकेका कार्यहरू पूर्ण हुँदै जानेछन् ।