श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत ४ गते बुधबार, १७ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको चतुर्थी तिथि २३ः४४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अश्विनी ७ः४३ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः११ र सूर्यास्त ६ः१३ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सबैले मित्रताका हात अधि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काममा केही ढिलासुस्ती तथा अलमल हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउन सक्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ । विश्वासपात्रबाट पनि धोका होला । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धर्म–कर्ममा रुचि बढ्ला । वैदेशिक यात्रा सफल रहनेछ । सोचेअनुरूप काम बन्ने योग रहेको छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कृषि तथा पशुको व्यापार–व्यवसायबाट प्रशस्त लाभ होला । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रेमसम्बन्धमा सफलता प्राप्त हुनेछ । पारिवारिक मेलमिलापले मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पुरानो समस्या दोहोरिएला । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सहयोगीहरूले  साथ दिनेछन् । पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यवसायको लगानीले मनग्य धनलाभ हुनेछ । पहिलेका उपलब्धिले पनि उत्साह जगाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुट्नु पर्नेछ । अस्वस्थताले कमजोरी महसुस हुनेछ ।