श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत ५ गते बिहीबार, १८ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको पञ्चमी तिथि २ः२६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र भरणी १०ः४८ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः०९ र सूर्यास्त ६ः१३ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सम्भावना देखिए पनि उपलब्धि हातपर्न समय लाग्नेछ । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। विचार पु¥याएर अगाडि बढ्नु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । लामो दूरीको यात्रा हुने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । परिवारमा केही असझदारी बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ ।  काममा धेरै श्रम परे पनि प्रतिफल घट्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्रोत, साधन जुट्नाले गरिएका कर्मबाट उचित प्रतिफल प्राप्त हुनेछ । मेहनतले दैनिकीमा परिवर्तन आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिएला । उद्योग र व्यापार सामान्य रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपान प्राप्त होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापार–व्यवसायले प्रशस्त लाभ दिलाउनेछ । ज्ञान, कला र व्यक्तित्वमा निखार आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि लाभदायक नतिजा प्राप्त हुनाले उत्साह जगाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । धनलाभ र मनग्य अर्थ सञ्चय हुने समय छ ।