श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत ६ गते शुक्रबार, १९ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको षष्ठी तिथि ५ः०५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र कृतिका १३ः५८ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ६ः०८ र सूर्यास्त ६ः१४ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

दिन मनोरञ्जनपूर्ण र उत्साहवद्र्धक रहनेछ । आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

रमाइलो ठाउँको भ्रमण गर्ने अवसर प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने बेला आएको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सुन्दर ठाउँको भ्रमण गर्ने अवसर प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने बेला आएको छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समयमै काम पूरा गर्न मुस्किल देखिन्छ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार–व्यवसायसम्बन्धी कारोबार गर्दा प्रशस्त लाभ मिल्नेछ । वस्त्रजन्य व्यापारबाट प्रशस्त लाभ रहला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेमसम्बन्धमा सफलता प्राप्त हुनेछ । पारिवारिक मेलमिलापले मन प्रसन्न रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट हानि नोक्सानी रहला । कृषि व्यवसायबाट भने सामान्य लाभ रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी क्षेत्रबाट सफलता पाइनेछ । आफन्त तथा उच्चपदस्थ व्यक्तिबाट मान सम्मान प्राप्त होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वस्त्र, आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पेट तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ । खानपानमा विचार पु¥याउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दौडधुपमै समय बित्नेछ । मिहिनेत गरेमा आशा गरेको प्रतिफल प्राप्त हुने देखिन्छ ।