श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत्र ७ गते शनिबार, २० मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको सप्तमी तिथि ७ः२७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र रोहिणी १७ः०० बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः०७ र सूर्यास्त ६ः१४ मा हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कुनैपनि प्रकारको उच्चपद प्राप्त गराउला । धर्ममा रुचि  बढ्ला । मनमा शन्ति र अनुहारमा कान्ती छाउनेछ ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुनैपनि शस्त्र तथा हतियारबाट चोटपटक लाग्नसक्छ । होशियार रहनुहोला ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राज्य, पुत्र तथा घनको वुद्धिले समय अनुकुल रहनेछ । आजको दिन शत्रुहरु कमजोर हुनेछन् ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन तपाईको लागि कुवेरको भण्डार खुल्ला हुनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन तपाइलाई धर्ममा रुचि, यश तथा किर्ति लाभ होला । पहिले देखि रोकिएको मुद्धा आज जितिनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न प्रकारका कष्ट आउन सक्नेछ । वादविवाद होला गरेको कार्य आजपनि अधुरै रहनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विवाह वा पार्टिमा सहभागी भइएला । आजको दिन मनोरञ्जनमा वित्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुखशान्ति वैभव प्राप्ति गराउला । घरजग्गा तथा व्यवसायबाट प्रसस्त वृद्धि गराउला ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पठनपाठनमा रुचि होला । धनागमन हुनेछ । शत्रुहरु पराजित होलान् ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चोर तथा सर्पको भय रहला । स्वास्थ्यमा समस्या आउला दण्ड तथा जरिमाना हुन सक्ला ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उच्च पदस्थ व्यक्तिको साथ र सहयोग पाइनेछ । तिर्थयात्रा तथा पुण्यकर्म गराउला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन्दर तथा प्रिय बस्तुको प्राप्तहोला तर मध्यान्त पछि भने भय तथा संका उत्पन्न होला ।