ब्लाष्टखबर । लाहानस्थित सप्तऋषि अस्पतालमा उपचाररत बिरामीकाे लापरवाहिका कारण मृत्यु भएकाे भन्दै स्थानियहरूले आन्दोलन गरेका छन् ।
सिरहा सखुवानान्कारकट्टी गाउँपालीका २ का ड्याबिटिजका विरामी ५ वर्षीय रामवती यादवकाे मृत्यु भएपछि उनका आफन्त तथा स्थानियहरू आन्दाेलित भएका हुन् ।
चैत २६ गते अस्पताल भर्ना भएका यादवकाे स्वास्थ अवस्थामा सुधान नआएपछि आफन्तहरुले पटक–पटक रिफरकाे माग गरेपनि भर्ना लगत्तै भेन्टिलेटरमा राखिएका यादवकाे अन्तिम अवस्थामा विनाकुनै उपकरण रिफर गरिएकाेले रिफर गरिएकाे केहिक्षणमै अस्पताल हाताभित्रै विरामीको मृत्यु भएको थियाे ।
बिरामी यादवकाे मृत्यु भएसंगै अस्पतालको लाइसेन्स खारेजीको माग गर्दै आन्दाेलित आफन्तहरुले घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म मृतकको शव नउठाउने जनाएका छन् ।

अस्पतालका चिकित्सक सन्देश रौनियारले भने विरामीका आफन्तले भने अनुसार आफूहरुले अन्यत्र रिफर गरेको बताएका छन् ।