ओखलढुङ्गा। मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा खजिदेम्बा गाउँपालिका १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का रहेका छन् ।

शनिबार बेलुका पौने ९ बजे सोही स्थान का ५० बर्षीय प्रेम बहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको हो ।

सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

सुनुवार समेत घाईते भएकाले स्थानिय क्लिनिकमा उपचार पश्चात ईलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।