विराटनगर/ मोरङको लेटाङमा दुई जना साथी मिलेर आफ्नै साथीको हत्या गरेका छन् ।
ढेड वर्ष अगाडी काम गरेको पैसा नदिएपछि मोरङको लेटाङ नगरपालिका ३ का २२ वर्षीय रोमन राईको हत्या आफ्नै दुई जना साथीले गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको हो ।
साथीको हत्या आरोपमा इलाका प्रहरी कार्यालय लेटाङ्गले शनिबार विहान लेटाङ ३ का २१ वर्षीय सुशील दर्जी नेपाली र २० वर्षिय दिलबहादुर लिम्बु पक्राउ परेको छ ।
पक्राउ परेका लिम्बु र दर्जी रोमनलाई काम गरेको पैसा माग्न शुक्रबार राती साढे ८ बजे घर पुगेका थिए ।
ढेड वर्ष अगाडी काम गरेको पैसाँ माग्ने क्रममा आपसी विवासका क्रममा रोमनको पेटमा सुशील र दिलबहादुरले छुरा प्रहार गरेर गम्भिर घाइते बनाएका प्रहरीले जनाएको छ ।

राईलाई गम्भिर घाइते बनाएपछि उनीहरू फरार भए । रोमनका आफन्तले उपचार गर्न विराटनगरस्थित विराट नर्सिङ होममा ल्याउने क्रममा बाटोमा राती साढे १० बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
छुरा प्रहरा गर्ने र मृत्यु हुने रोमन तीनै जना साथी हुन् । ढेड वर्ष अगाडी रोमनले ट्याक्टर भाडामा लिएर ढुंगा, गिट्टीको माग गर्थे । रोमनले लिएको ट्याक्टरमा सुशिल र दिलबहादुरले काम गर्दै आएका थिए ।
‘त्यही काम गरेका पैसाँ माग्न जाँदा बादविदा हुँदा झगडा भएको देखिएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले भने, ‘कति पैसाँ लिनुपर्ने भएकोेले झगडा भएको त्यो खुलेको छैन । अहिले अनुसन्धान भइरहेको छ ।’
काममा लगाए पनि आफूहरुले पाउनुपर्ने पैसा लामो समयदेखि नदिएकाले छुरा हानिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।
पैसाको विषयलाई लिएर दुवै जनाले राईसँग विवाद सुरु गरेको र त्यही विवाद उग्रबन्दै गएर हत्यासम्मको घटनामा परिणत भएको पाइएको डीएसपी राईले जानकारी दिए ।
रोमनलाई आक्रमण गर्नुअगाडी दिलबहादुर र सुशिल मदिरा सेवन पनि गरेको खुलेको छ । इलका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलीले खोजतलास गरि उनीहरुलाई शनिबार विहान २ बजे लेटाङदेखि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हत्या गरिएका राई टयक्टर भाडा लिएर काम गर्न छोडेपछि लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे । यसअघि उनले ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवासमेतका निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम पनि उनले गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।