विराटनगर। मोरङको लेटाङ्ग नगरपालिका – ३ त्रिशुली चौकका २२ वर्षिय रोमन राईको हत्या आरोपमा थप एक जना युवा पक्राउ परेका छन् ।
प्रहरीले राईको हत्या आरोपमा सोही ठाउँका १९ वर्षिय भुपाल लिम्बुलाई पक्राउ गरेको हो । इलका प्रहरी कार्यालय लेटाङले यसअघि लेटाङ ३ का २१ वर्षीय सुशील दर्जी नेपाली र २० वर्षिय दिलबहादुर लिम्बुले रोमन पक्राउ गरेको थियो ।
प्रहरीले लिम्बु र दर्जीलाई शनिबार विहान पक्राउ गरेपछि उनीहरुको बयानको आधारमा भुपालको पनि संलग्न रहेको खुलेपछि शनिबार साझ पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
ढेड वर्ष अगाडी ट्याक्टरमा काम गरेको पैसाँ नदिएपछि राईको शुक्रबार राती छुरा प्रहार गरि हत्या गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको छ । लेटाङको त्रिशुली चौकमा शुक्रबार राती साढे ८ बजे पैसाँ माग्न तीन जना घर पुगेका थिए ।

ढेड वर्ष अगाडी काम गरेको पैसाँ माग्ने क्रममा आपसी विवासका क्रममा रोमनको पेटमा सुशील र दिलबहादुरले छुरा प्रहार गरेर गम्भिर घाइते बनाएका प्रहरीले जनाएको छ । गम्भिर घाइते बनाएपछि उनीहरू फरार भए ।
रोमनका आफन्तले उपचार गर्न विराटनगरस्थित विराट नर्सिङ होममा ल्याउने क्रममा बाटोमा राती साढे १० बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
छुरा प्रहरा गर्ने र मृत्यु हुने रोमन तीनै जना साथी हुन् । ढेड वर्ष अगाडी रोमनले ट्याक्टर भाडामा लिएर ढुंगा, गिट्टीको काम गर्थे । रोमनले लिएको ट्याक्टरमा सुशिल र दिलबहादुरले काम गर्दै आएका थिए ।
‘त्यही काम गरेका पैसाँ माग्न जाँदा बादविदा हुँदा झगडा भएको देखिएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले भने, ‘कति पैसाँ लिनुपर्ने भएकोेले झगडा भएको त्यो खुलेको छैन । अहिले अनुसन्धान भइरहेको छ । थप विषय अनुसन्धानपछि खुल्नेछ ।’
काममा लगाए पनि आफूहरुले पाउनुपर्ने पैसा लामो समयदेखि नदिएकाले छुरा हानिएको उनीहरुले प्रहरीलाई बताएका छन् । पैसाको विषयलाई लिएर दुवै जनाले राईसँग विवाद सुरु गरेको र त्यही विवाद उग्रबन्दै गएर हत्यासम्मको घटनामा परिणत भएको पाइएको डीएसपी राईले जानकारी दिए ।
पक्राउ परेका तीन जनालाई इप्रका लेटाङले आइतबार ‘कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीले जनाएको छ ।