वराहक्षेत्र/वराहक्षेत्र ९ कपन धरहरास्थित कोशी नदी किनारमा बेवारिसे अवस्थामा पुरुषको शव भेटिएको छ ।

बुधबार बिहान करिब ११ः२० मिनेटमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर पाण्डव राजवंशीले बताए । शवको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार पहाडे मूलका झैं देखिने शव नदीमा घोप्टो परेको अवस्था फेला परेको छ । 

शवको साथबाट अरिहन्त गार्मेन्ट कम्पनी सोनापुरको परिचय पत्र भेटिएको छ । जसमा देवेन्द्र श्रेष्ठ नाम रहेको छ । त्यस्तै महिला पुरुषसँगै रहेको ˚ोटो दुई दुई थान, ९८१४३०७१३३ मोबाइल फोन नम्बर लेखिएको विद्युत्को बिल र चाबी भेटिएको इप्रका चक्रघट्टीका मुद्दा फाँटका प्रहरी गोविन्द श्रेष्ठले जानकारी दिए । 

शवको पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । इटहरी ठेगाना बताउने एक महिलाले मृतकको सनाखतका लागि आएकाले यकिन खुलेपछि मात्रै मृतक को हो भन्ने बताउन सकिने प्रहरीले जनाएको छ ।