धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजमा बालरोग विशेषज्ञ एवम् असिष्टेण्ट प्रोफेसर डा. अरुणकुमार सिंह अध्यक्षमा निर्वाचित बनेका छन् ।
समाजको परिच्छेद ६ बमोजिम निर्वाचन समितिले तोकेको नियमअनुसार अध्यक्षमा डा. सिंहको मात्रै उम्मेदवारी परेको थियो । त्यस्तै अन्य पदमा पनि एक–एकजनाको मात्रै उम्मेदवारी परेपछि निर्वाचन समितिले निर्वाचित पदाधिकारीको नाम सार्वजनिक गरेको हो ।
समितिका अनुसार उपाध्यक्षमा सर्जरी विभागका एसोसिएट प्रोफेसर डा. लोकेशशेखर जयसवाल, महासचिवमा प्रोस्थोडोण्टिक्स विभागकी एसोसिएट प्रोफेसर डा. आरती शर्मा, सह–सचिवमा जिपी एण्ड इएम विभागका असिष्टेण्ट प्रोफेसर डा. विजयकुमार श्रीवास्तव निर्वाचित बनेका छन् ।
यसैगरी सदस्यहरूमा सर्जरी विभागका डा. कुनालविक्रम देव, हाडजोर्नी विभागका डा. दीपेन्द्र मिश्रा, रेडियोलोजी विभागका डा. सोहनकुमार साह, पेडियाट्रिक्स विभागका डा. सुबोध बस्नेत र सर्जरी विभागका डा. विजय साह रहेको निर्वाचन समितिका संयोजक प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले जानकारी दिए ।
उक्त समितिले २०७८–८० सम्मका लागि काम गर्नेछ । यसैबीच निर्वाचन समितिका संयोजक डा. श्रेष्ठले निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका छन् ।