झापा जिल्लाकाे बिर्तामाेडबाट लागूऔषध खैराे हेराेईन सहित ४ जना पक्राउ परेका छन् ।
बिर्तामोडकोकाे भिन्न–भिन्न दुई स्थानबाट दुई महिलासहित सहित ४ जना पक्राउ पक्राउ परेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार मंगलबार अपरान्ह ४ बजे बिर्तमोड ५ जात्रुबारी स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो ।
त्यस्तै, अपरान्ह ५ बजे बिर्तामोड १ चारपाने स्थितबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ कि बर्षीया देवी तामाङ र बिर्तामोड ५ कि २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरिएको कार्यालयले जनाएकाे छ ।
पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।