तालिबानको ‘स्पेसल युनिट’ ‘अल इशा’ ले अमेरिकाले संकलन गरेको अफगानको तथ्यांक तालिबानले प्रयोग गरिरहेको समाचार प्राप्त भएको छ । तालिबानले अमेरिकाले कुनै समय प्रयोग गरेको तथ्यांक अब तालिबानले प्रयोग गरिरहेको तथ्य सार्वजनिक भएको छ । 

एकातिर अमेरिका २० वर्षपछि अफगानिस्तान छाड्ने तयारीमा छ । अमेरिकी नागरिक र केही सैनिक फर्किसकेका छन् । तर जानुअघि अमेरिकाले तालिबानलाई यति शक्तिशाली बनायो कि अगामि दिनमा आफगानको समस्या निश्चित रुपमा बढ्ने छ । समाचारअनुसार तालिबानले लाखौं अफगानको तथ्यांक हात पारेको छ ।यो तथ्यांक अमेरिकाले संकलन गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

लाखौं अफगानको तथ्यांक तालिबानसँग

प्राप्त जानकारीअनुसार तालिबानको विशेष कार्यदल ‘अल इशा’ ले अफगानको तथ्यांक प्राप्त गर्ने कामलाई सक्रियतापूर्वक शुरु गरेको छ । तालिबानले अमेरिकीले प्रयोग गरेको सबै तथ्यांक संकलन गर्न थालेको छ । एक न्युज पोर्टललाई अन्तर्वार्ता दिंदै ब्रिगेड कमान्डर नवाजुद्दीन हक्कानीले बताएका छन् । अल इशाद्वारा बायोमेट्रिक स्क्यानरको प्रयोग गरिंदैछ । जुन पहिले अमेरिकी सेनाले प्रयोग गरेको थियो । यसैको माध्यमद्वारा अफगान ककसले अमेरिकी सेना र नेटोसँग काम गरेका थिए जान्ने प्रयास गरिंदैछ ।

पछिल्ला केही दिनदेखि आम अफगान र केही अधिकारीलाई यो डरले सताइरहेको छ । जसले २० वर्षदेखि अमेरिकी सेनाका लागि काम गरेका छन् । यिनीहरुको तर्फबाट तालिबानसँग जोडिएको गोप्य जानकारी अमेरिकालाई दिइएको छ । अफगानिस्तानमा अब ती सबैलाई खतरा रहेको सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । हक्कानीले आफ्नो वक्तव्यमा यसैको संकेत गरेका छन् । 

काबुलमाथिको नियन्त्रणपछि तालिबानले सम्पूर्ण ध्यान ‘काउन्टर इन्टेलिजेइन्स’ माथि लगाएको छ । प्राप्त समाचारअनुसार ‘अल इशा’ संगठनले काम शुरु गरिसकेको छ । तत्काल ‘डेटा स्क्यानिङ’ को काम भइरहेको छ ।

के हो हाइड ?

अमेरिकी सेना अफगानिस्तानमा सक्रिय भूमिका निर्वाह गरुञ्जेल हाइड नामको उपकरणको निरन्तर प्रयोग गरिरहेको थियो । हाइडको अर्थ ‘ह्याण्डहेल्ड इन्टरएजेन्सी आइडेन्टिटी डिटेक्शन इक्विपमेन्ट’ हो । यसका माध्यमबाट कुनै समयमा अमेरिकाले १५ लाख अफगानको तथ्यांक बटुलेको थियो । यसमा आँखाको नानीदेखि लिएर अनुहारको स्क्यानसम्म गर्ने प्रविधि थियो । हाइडका माध्यमद्वारा अमेरिकाले प्रत्येक अफगानीको पहिचान गरेको थियो । अमेरिकीलाई सहयोग गर्ने मात्र नभएर तालिबानको भूमिगत ठेगाना पनि पत्ता लगाउने काम गथ्र्यो । 

समाचारका अनुसार ‘हाइड’ नामक यो उपकरण तालिबानको हात लागेको छ । तालिबानले यसको प्रयोग आफ्नो मिसनका लागि गर्ने छ । हक्कानीका अनुसार पछिल्लो समय अल इशा संगठन निकै ठूलो भएको छ । यसमा एक हजारभन्दा बढी व्यक्ति काम गरिरहेका छन् । यिनैको सहयोगले तथ्यांक भेला पार्ने र अध्ययन गर्ने काम भइरहेको छ ।