विजयपुर । नेपाल प्रहरीको ६६ औँ स्थापना दिवसको अवसरमा प्रभातफेरी सहित ‘तपाईको मास्क खोई’ कार्यक्रम निरन्तरता दिइएको छ ।

सङ्घीय प्रहरी इकाई कार्यालय सुनसरी धरानको आयोजनामा प्रभातफेरी सहित ‘तपाई मास्क खोई’ अभियानलाई निरन्तरता दिएको छ । प्रहरीले धरान उपमहानगरको कार्यालय अगाडिदेखि भानुचोकसम्म प्रभातफेरी सहित मास्क नलगाउनेलाई मास्क वितरण गर्दै ‘तपाईको मास्क खोई’ अभियान गरेको हो ।

20211003_094229

सङ्घीय इकाई प्रहरी कार्यालय सुनसरीका एसपी भीमबहादुर दाहालले प्रहरी दिवसको अवसरका महामारीलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खोई’ कार्यक्रमलाई निरन्तरण दिएको बताए । उनले भने, ‘आफू पनि बाँच्न र अरूलाई पनि बचाउनका लागि मास्क अनिवार्य लगाउनुपर्छ भनेर अभियान सञ्चालन गरेका हौँ, यो पुरानै कार्यक्रम हो ।’ एसपी दाहालले नागरिकले निषेधाज्ञा खुकुलो हुँदै गएपछि स्वास्थ्यको मापदण्ड विर्सिदै गएकाले पुनर्ताजकीका लागि कार्यक्रम गरिएको बताए । उनले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गरिएन भने महामारीबाट बच्न सकिदैन, त्यसैले सचेतना गर्दै मास्क पनि वितरण ग¥यौ ।’ सङ्घीय इकाईको आयोजना, इलाका प्रहरी र गुल्मसहितले कार्यक्रम गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कँुवरले बताए ।

20211003_094107