श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कात्तिक १ गते सोमबार, १८ अक्टुबर २०२१ । राक्षसनाम संवत्सर, आश्विन शुक्लपक्षको त्रयोदशी तिथि १८ः२५ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र  पूर्वभाद्र ११ः०४ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि मीन, सूर्योदय ६ः०६ र सूर्यास्त ५ः३१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको  श्रमबाट पछिलाई फाइदा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
असल कामले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले  कीर्तिमानी दिलाउनेछ । व्यवसायबाट प्रशस्त लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हृुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको कामबाट प्रशस्त लाभ मिल्नेछ । उठ्नुपर्ने रकम हातलागि हुनेछ । दिन राम्रो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च लागे पनि असल कामतर्फ सकारात्मक सङ्केत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिष्ठित  काम गर्दै नाम र दाम कमाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । दिन सामान्य छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । विद्यामा सफलता पाइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक यात्राको योग रहेको छ । सोचेअनुरूप लाभ मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आँखासम्बन्धी समस्याले सताउन सक्छ । सवारी साधन चलाउँदा विचार पु¥याउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमसम्बन्धमा समस्या आउनेछ । वैदेशिक यात्राको योग रहेको छ । पढाइमा भने रुचि बढ्नेछ ।