श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कार्तिक २ गते मङ्गलबार, १९ अक्टुबर २०२१ । राक्षस संवत्सर असोज शुक्लपक्षको चतुर्थी तिथि १९ः२० बजे सम्म, उप्रान्त पूर्णिमा नक्षत्र उत्तरभाद १२ः२६ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः०६ र सूर्यास्त ५ः३१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको कामलाई निरन्तर निरन्तरता दिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो निम्त्याउने छन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचे अनुरुप काम बन्नाले मन प्रफुल्लीत रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कस्मेटिकको व्यापार व्यवसायबाट लाभ रहला । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको थालनी व्यवसायमा राम्रो हुनेछ । खेलकुदमा रुचि बढ्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । सोचेअनुरुप काम बन्ने योग रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दुध तथा कृषि व्यापार व्यवसायबाट प्रसस्त लाभ रहला । मिष्ठान्न भोजनको योग रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरु प्रशस्तै भेटिनेछन् । समय राम्रो रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च लागे पनि काम बन्ने छ । पछिका लागि केही वस्तु त्याग्नु पर्ला । पुरानो रोगले सताउला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफुले गरेका कार्यमा आत्मसन्तुष्टी प्राप्त हुनेछ । नसोचेको ठाउँबाट धनागमन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । दिन सामान्य रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा र शरिरमा आलस्य आउला ।