श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कार्तिक ३ गते बुधबार, २० अक्टुबर २०२१ । राक्षस संवत्सर असोज शुक्लपक्षको पूर्णिमा तिथि २०ः४२ बजे सम्म, उप्रान्त प्रतिपदा नक्षत्र रेवती १४ः१५ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ६ः०६ र सूर्यास्त ५ः३० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिएला । उद्योग र व्यापार वृद्धि होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । धनलाभ र मनग्गे अर्थ सञ्चय गर्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा आफ्नो श्रम परेपनि प्रतिफल माथि अरुले राज गर्नेछन् विचार पुर्याउनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्रोतसाधन जुट्नाले गरिएका कामको उचित प्रतिफल प्राप्त हुनेछ । मनप्रसन्न रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सवारी साधन खरीद गर्ने योग रहेको छ । पढाईमा भन्दा मनोरञ्जनमा मन जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तारिफ योग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सेयरमा लगानी गर्दा मनग्ये लाभ हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लामो दुरीको यात्रा रहनेछ । पारिवारिक मेलमिलापले घरमा खुसियाली छाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिनको कारोबारबाट प्रसस्त लाभ मिलनेछ । इष्टमित्रहरुको सहयोग प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक यात्राको योग रहेको छ । रोकिएका कामहरु पनि सजिलै पुरा हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हड्डीसम्बन्धी समस्याले सताउन सक्छ । पारिवारिक समस्या आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेयरमा लगानी गर्दा विचार पुर्याउनु होला । आकस्मिक नराम्रो समाचार सुन्न सकिएला ।