श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कार्तिक ५ गते शुक्रबार, २२ अक्टुबर २०२१ । राक्षस संवत्सर कार्तिक कृष्णपक्षको द्वितिया तिथि ००ः४६ बजे सम्म, उप्रान्त तृतिया नक्षत्र भरणी १९ः०९ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः०७ र सूर्यास्त ५ः२८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तारिफायोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च लागे पनि काम तर्फ सकरात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका कामहरु विस्तारै सम्पादन हुदै जानेछ । अकस्मात धन लाभको योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कपडाको व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । आम्दानी हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वसाइको स्थानान्तरण वा टाढाको यात्रा गर्ने प्रक्रिया अधि बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च बढ्नुका साथै खच अभावले सताउन सक्छ । फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका कामहरु बन्दै जानेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ । छोटोदुरीको यात्रा पनि हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नजिकको व्यक्तिबाट धोका पाइन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अभिभावकले स–साना त्रृटि औल्याउदा मन खिन्न हुनेछ । सिर सम्बन्धी समस्याले सताउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज प्रेम प्रस्ताव हुने सम्भावना छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने छ । मन प्रसन्न रहनेछ ।