श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कार्तिक ६ गते शनिबार, २३ अक्टुबर २०२१ । राक्षस संवत्सर कार्तिक कृष्णपक्षको तृतिया तिथि ३ः२० बजे सम्म, उप्रान्त चतुर्थी नक्षत्र कृतिका २२ः०८ बजेसम्म, उप्रान्त रोहीणी, चन्द्रमाराशि वृष, सूर्योदय ६ः०८ र सूर्यास्त ५ः२७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
धेरै समयपछि आफन्तसँग भेटघाट हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
होसियारी पूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रुपमा सतकार मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज मनोरञ्जन क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्रजनबाट सहयोग मिल्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक यात्राको योग छ । जोस जाँगर र उमङ्ग बढ्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धनको क्षेत्र सफल हुनेछ । व्यापार व्यवसायबाट पनि उन्नति हुने देखिन्छ । दिन राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तः फाइदा पुर्याउने छ । मनोरञ्जनमा दिन वित्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विश्वासपात्रलाई बचन दिदा सयम अपनाउनु पर्ला । बाहिरी खानपानमा ख्याल गर्नु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज परोपकार तथा सहयोग आदिमा पनि भुमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विद्या र बुद्धिको विकास हुनेछ । आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मेहनतपुर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । वैदेशिक यात्राको योग छ ।