श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कात्तिक ८ गते सोमबार, २५ अक्टुबर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक कृष्णपक्षको पञ्चमी तिथि ८ः४५ बजेसम्म, उप्रान्त षष्ठी नक्षत्र  मृगशिरा ४ः३८ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः०९ र सूर्यास्त ५ः२५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरेको कामबाट ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रवर्ग र हितैषीबाट पूर्ण समर्थन मिल्नेछ। लामो दूरीको यात्रा रहला । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वित्तीय संस्थाबाट सोचेअनुरूप सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सन्तानबाट सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने योग रहेको देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक वातावरण सन्तोषप्रद रहनेछ । आकस्मिक धन प्राप्ति होला । दिन राम्रो रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ । अचल सम्पत्ति हातपर्ने योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । भोजभतेर तथा सेमिनारमा सहभागी भइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लामो समयदेखि रोकिएका अधुरा कामकाज पूरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।