श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कार्तिक ९ गते मङ्गलबार, २६ अक्टुबर २०२१ । राक्षस संवत्सर कार्तिक कृष्णपक्षको सप्तमी तिथि ८ः४५ बजे सम्म, उप्रान्त षष्ठी नक्षत्र  आद्र्रा ७ः२६ बजेसम्म, उप्रान्त पुनर्वसु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः१० र सूर्यास्त ५ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
वैदेशिक यात्राको योग रहेको छ । प्रेमसम्बन्धमा सफलता पाइनेछ । अनावश्यक धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज शरिरमा स्फुर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा सफल भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
टाढाका नाता गोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्याहरु पनि सुल्झाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारी र सझापक्षमा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइनेछ । धनलाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चाचल्नेछ । छोटो दुरिको यात्रा रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँखा सम्बन्धी समस्याले सताउन सक्छ । लामो दुरिको यात्रा गर्दा सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा जमिनको कारोबारबाट प्रसस्त लाभ मिल्नेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दुघ तथा कृषि व्यापार व्यवसायबाट प्रसस्तलाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अधि बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धि र विवेकको प्रायोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानी बढाउने काम सुरुगर्न सकिनेछ । पार्टि पिकनिक तथा सेमीनारमा सहभागी भइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज उपहार स्वरुप बहुमुल्य बस्तु प्राप्तहोला । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।