श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार, २७ अक्टुबर २०२१ । राक्षस संवत्सर कार्तिक कृष्णपक्षको षष्ठी तिथि ११ः१२ बजे सम्म, उप्रान्त सप्तमी नक्षत्र आद्र्रा ७ः२६ बजेसम्म, उप्रान्त पुनर्वसु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः१० र सूर्यास्त ५ः२३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । सामजिक क्षेत्रतिर रुचि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला तर आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चिताएको कामले तिव्रता लिनेछ । समाज सेवाप्रति मन जानेछ । छोटो दुरीको यात्रा रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हड्डीसम्बन्धी समस्याले सताउन सक्छ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । अतः कार्यगर्दा सजग भएर काम गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा उत्साहका साथै बोली विक्ने समय छ । शुभ कार्यको चर्चा चल्नेछ । छोटो दुरीको यात्रा रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । आफन्त तथा इष्टमित्रहरुबाट सोचे अनुरुप सहयोग प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज अधुरा कार्यहरु पुरा हुने र रमाइलो यात्राको योग रहेको छ । शत्रुमाथि विजय मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साथि भाइसँग समय वित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले अनुभव मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक क्षेत्रको कार्य अगाडि बढ्ने छ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।