धरान । उपमेयर कप फुटबल प्रतियोगिताका लागि धरानको महिला टोली मंगलबार काठमाडौं प्रस्थान गरेको छ ।
टोली उपमेयर कप राष्ट्रिय महिला लिग फुटबलका लागि त्यहाँ प्रस्थान गरेका हुन् । उनीहरूलाई नगर प्रमुख तिलक राई, प्रमुख कार्यकारी अधिकृत विदुरप्रसाद खनाल, शिक्षा तथा खेलकुद शाखा प्रमुख रत्न कट्वालले बिदाइ गरे । काठमाडौंको सातदोबाटोमा भइरहेको प्रतियोगितामा धरानसहित विभिन्न स्थानीय तहका महिला टोलीले छनोट खेल खेल्नेछन् ।
धरानबाट पहिलोपटक महिला टोली लिग खेल्न लागेकामा नगर प्रमुख राईले खुसी व्यक्त गरे । धरानले कात्तिक ११ गते, कात्तिक १५ गते दुई टोलीसँग प्रतिस्पर्धा गर्दै छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकासँग भिडन्त गर्न लागिरहेको हो ।