श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कात्तिक ११ गते बिहीबार, २८ अक्टुबर २०२१ । राक्षस संवत्सर कार्तिक कृष्णपक्षको सप्तमी  तिथि १३ः११ बजे सम्म, उप्रान्त अष्टमी नक्षत्र  पुनर्वस ९ः५९ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः१२ र सूर्यास्त ५ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक धार्मिक कार्यमा रुचि बढ्नेछ । राज्यबाट मानसम्मान पाइनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट रहला । विश्वास पात्रले काममा साथ दिनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आफ्नो कार्य सम्पादमा सहजता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धरासी कार्य अगाडि बढ्नेछ । परिवारमा सन्तोष छाउनेछ । कला साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकको व्यक्तिबाट कार्यमा बाधा आइपर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणिय र सुखद् यात्राको योग छ । नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । दिन राम्रो रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज सानातिना समस्यामा उल्झनु पर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बाध्चुतुर्याइले सङ्कल्प सिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र आभूषणको व्यापार–व्यवसायबाट मनग्गे लाम्दानी हुनेछ । लामो दूरीको यात्रा रहनेछ ।