मोरङ विराटनगर महानगरपालिका १४ जितुवा चोकबाट लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका ९ का १९ वर्षीय आशिष महतो रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । 

कार्यालयका अनुसार बुधबार दिउसो साढे २ बजे  सिआरभी पोष्ट जुवाबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजाल्याब १७ एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको कार्यालयले जनाएकाे  ।