श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कात्तिक १२ गते शुक्रबार, २९ अक्टुबर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक कृष्णपक्षको अष्टमी  तिथि १४ः३० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पुष्य ११ः५६ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः१२ र सूर्यास्त ५ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छोटो दूरीको लाभदायी यात्रा रहनेछ । प्रेमसम्बन्धको लागि श्रेष्ठ समय रहेको देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरमा अतिथिको आगमन हुनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नसोचेको ठाउँबाट धन प्राप्त हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । सचेत रहनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेममा मधुरता छाउनेछ । मनोरञ्जनमा सहभागी भइएला । मिष्ठान्न भोजन प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महिला वा मित्रजनबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमणीय र सुखद् यात्राको योग छ । अध्ययन–अध्यापनको क्षेत्रमा रुचि बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोजगारीको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिन राम्रो रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रो छ । बन्धुबान्धवबाट सोचेअनुसारको सहयोग मिल्ला । यात्रा सफल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ मिल्नेछ ।