श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कात्तिक १३ गते शनिबार, ३० अक्टुबर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक कृष्णपक्षको नवमी तिथि १५ः०३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्लेषा १३ः०८ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः१३ र सूर्यास्त ५ः२१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मठ मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप उर्जा प्रदान गर्नेछ । परिश्रम अनुसार उपलब्धी पनि राम्रै पाइनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मान सम्मान पाउनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज अधिकार प्राप्तिका लागि  गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापार व्यवसायबाट मनग्ये लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तिर्ण हुन सकिनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोबारमा मन्दी छाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । स्वास्थ्यको ख्याल गर्नु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धबान्धवबाट सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चोट पटकको भय रहला । त्यसैले हातहतियार सवारी साधन चढ्दा चलाउँदा सजग रहनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा हर्ष उमङ्ग छाउनेछ । सोचेका कामहरु विस्तारै सम्पादन हुँदै जानेछ । छोटो दुरीको यात्रा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज अधुरा कार्यहरु पूरा हुनेछन् । सवारी साधन खरिद गर्ने योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ वस्त्र अलङ्कारको प्राप्ति हुनेछ ।  दाम्पत्य जिवन सुखमय वित्नेछ ।