श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कात्तिक १४ गते आइतबार, ३१ अक्टुबर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक कृष्णपक्षको दशमी तिथि १४ः४६ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मघा १३ः३२ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः१३ र सूर्यास्त ५ः२० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफै पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागी भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभसमाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ । आम्दानी प्रशस्त बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कामको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । सफल यात्राको योग पनि छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौती चिर्दै काम सफल पार्न सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यापारमा लाभ मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिन राम्रो छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । समय उत्तमखालको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जोस, जाँगर र हिम्मत बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्दै जानेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भ्रमण, खानपान, पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । साथीभाइबाट सहयोग मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आँटे ताकेको कार्य पूरा होला । सामाजिक सभा समारोहमा भाग लिनु पर्नेछ ।