श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कात्तिक १५ गते सोमबार, १ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक कृष्णपक्षको एकादशी तिथि १३ः४० बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वफाल्गुनी १३ः०८ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः१४ र सूर्यास्त ५ः२० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको सन्दर्भमा आउने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण सफलता हासिल गर्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बोली, वचन एवम् प्रवचन आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्यले साथ दिनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । छोटो दूरीको यात्रा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । आज मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । समय उत्तमखालको छ । यात्राको योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । सामाजिक सभा समारोहमा भाग लिनु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा सामाजिक महत्वको क्षेत्रमा भ्रमण हुनसक्छ । रोकिएको काम पुनः सुचारु हुन सक्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरमा कुलकुटुम्बको आगमन हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।  शत्रुहरू पराजित हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभसमाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ । आम्दानी प्रशस्त बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक क्षेत्रबाट पनि लाभ मिल्नेछ ।