श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कार्तिक १६ गते मङ्गलबार, २ नोभेम्बर २०२१ । राक्षस संवत्सर कार्तिक कृष्णपक्षको द्वादशी  तिथि ११ः५० बजेसम्म, उप्रान्त त्रयोदशी नक्षत्र उत्तरफाल्गुनी १२ः०० बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः१४ र सूर्यास्त ५ः१९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
वाणिमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिणाम मुखी जिम्मेवारी वहन गर्नु पर्नेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न उर्जा प्रदान मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो यात्राको योग रहेको छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहने देखिन्छ । दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । दिन राम्रो रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा शङ्का तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरुबाट सहयोग पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अधुरा र रोकिएको काम दोहो¥याएर गर्दा फाइदा हुन सक्नेछ ।  छोटो दुरिको यात्रा रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।