श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कात्तिक १७ गते बुधबार, ३ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि ९ः२२ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र हस्ता १०ः२१ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः१५ र सूर्यास्त ५ः१८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया–प्रेममा धोका हुन सक्ने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरेका कारोबारबाट लाभ मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारका सदस्यसँग भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइलो हुने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया–प्रेममा बढोत्तरी हुनेछ । दिन राम्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वित्तीय संस्थाबाट सहयोग पाइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तराद्र्धमा अधिक सुख हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेशा र व्यवसायबाट लाभ मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा निराशा र शरीरमा आलश्य छाउला । आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम, नाम र इनाम पाउने बेला छ । कुटुम्बको सहयोग मिल्ने देखिन्छ । दिन राम्रो छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । घरमा अतिथिको आगमन हुने देखिन्छ ।