श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४१ वि.सं. २०७८ साल कात्तिक १८ गते बिहीबार,  ४ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक कृष्णपक्षको चतुर्दशी तिथि ६ः२४ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र चित्रा ८ः०१ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः१६ र सूर्यास्त ५ः१७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो प्रयत्नले ठूलो काम बन्नेछ । कामले सम्मानित स्थान दिलाउनेछ । दिन राम्रो रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला । मानसिक तनाव बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पु¥याउनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएको कामकाज दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तर्क, विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान–सम्मान मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । आफन्तको उपहारले प्रसन्नता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूका काममा धेरै समय अल्मलिनु पर्ला । थालिएको कामकाजलाई पुनः दोहो¥याएर गर्नु पर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । लामो दूरीको यात्रा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमाभन्दा मनोरञ्जनमा रुचि बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक यात्राको योग रहेको छ । अकस्मात धनलाभ हुनेछ । तीर्थयात्राको योग पनि देखिन्छ ।