श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल कात्तिक २३ गते मङ्गलबार, ९ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक शुक्लपक्षको पञ्चमी तिथि १०ः५० बजेसम्म, उप्रान्त षष्ठी नक्षत्र पूर्वषाढा १७ः१० बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः१९ र सूर्यास्त ५ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आफ्नो लाभांशमाथि अरूले दाबी विरोध गर्न सक्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । धनलाभ र अर्थको सञ्चय गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पढाइ, लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभसमाचार सुन्न पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार–व्यवसाय र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । टाढाको यात्रा रहन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मानसिक चिन्ताका कारण स्वास्थ्यमा गहिरो असर पर्न सक्छ । मनलाई स्थिर बनाउनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारमा नयाँ सदस्यको आगमन हुनेछ । वैदेशिक कार्यप्रति अभिरुचि बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । दिन शुभ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तसँग भेटघाट हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । मन शान्त रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । व्यापार–व्यवसायमा वृद्धि होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्त र मित्रजनको सहयोग पाइने नै छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।