श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल कात्तिक २४ गते बुधबार,  १० नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक शुक्लपक्षको षष्ठी तिथि १३ः५८ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र उत्तरषाढा २१ः४२ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः२० र सूर्यास्त ५ः१२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोग गर्नेभन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । आफन्तहरूको सहयोगले कामकाज अगाडि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नाताकुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । व्यवसायमा अझै लगानी बढाउने अवसर मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिणाममुखी जिम्मेवारी बहन गर्ने समय आएको छ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको महत्वपूर्ण भूमिका हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इज्जत र प्रतिष्ठामा दाग लाग्न सक्छ । ख्याल गर्नु होला । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा सामाजिक महत्वका क्षेत्रको भ्रमण हुनसक्छ । आफन्तजनसँग भेटघाट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । व्यापारमा वृद्धि होला । दिन सामान्य छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो रहेको छ । परोपकार तथा सामाजिक सहयोगमा भूमिका निर्वाह गर्न पाइनेछ ।