श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल कात्तिक २६ गते शुक्रबार, १२ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक शुक्लपक्षको नवमी तिथि ५ः४२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र धनिष्ठा १५ः०१ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः२२ र सूर्यास्त ५ः१३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम र मित्रताका बन्धन कसिने बेला छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुविचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै बढी लाभ हुनेछ । धार्मिक यात्राको योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको थालनी हुनेछ । अचल सम्पत्ति हातपर्ला । छोटो दूरीको यात्रा होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । झै–झमेलाको अवस्था सृजना हुनसक्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
श्रमको उचित मूल्याङ्कन हुनेछ । शुभकार्यमा सरिक भइनेछ । आँटे, ताकेको कार्य पूरा होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागी भइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सम्पादनमा सहजता मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । मित्रबाट सहयोग मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन खरिद बिक्री गर्ने योग रहेको छ । पुरानो रोगले पुनः सताउन सक्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । प्रेमसम्बन्ध सफल रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।