श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल कात्तिक २७ गते शनिबार,  १३ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक शुक्लपक्षको दशमी तिथि ६ः०२ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र शतभिषा १५ः३४ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः२२ र सूर्यास्त ५ः१२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन सामान्य रहनेछ । लत्ताकपडामा बढी धन खर्च हुने र सामान हराउने योग छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोजगारको अवसर मिल्नेछ । महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूलाई प्रभावित पारेर काम सफल बन्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
माङ्गलिक कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापारमा राम्रै उन्नति हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्ने देखिन्छ । मन शान्त रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिकताको विकास हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउने देखिन्छ । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाउन सक्ने समय रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक कार्यमा सफलता मिल्नेछ । जोस, जाँगर र हिम्मत पनि बढ्ने देखिन्छ  ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अचल सम्पत्ति हात पर्नसक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । दिन राम्रो रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा समस्या आउला । शरीर भारी र मन अस्थिर रहन सक्ने देखिन्छ ।