श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल कात्तिक २८ गते आइतबार, १४ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक शुक्लपक्षको एकादशी तिथि ६ः५६ बजेसम्म, उप्रान्त द्वादशी नक्षत्र पूर्वभाद्र १६ः४३ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः२३ र सूर्यास्त ५ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । दिन शुभ रहेको छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार–व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । पारिवारिक सद्भाव बढ्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला र गलाको प्रभाव बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । दिन राम्रो रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बन्न लागेको काम बिग्रन सक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएको धन हात पर्ला । धर्म, कर्म, परोपकार समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइने देखिन्छ । मन शान्त रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाभ–हानि, सुख–दुःख बराबरी रहेर मध्यम् खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्दा बेस होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तसँग भेटघाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धनलाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । शेयर बजारमा फाइदा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्ने देखिन्छ ।