श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल कात्तिक २९ गते सोमबार, १५ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक शुक्लपक्षको एकादशी तिथि ६ः५६ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तरभाद्र १८ः२३ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः२४ र सूर्यास्त ५ः११ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनु होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । छोटो दूरीको यात्रा रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शेयरमा लगानी गर्दा विशेष फाइदा हुनेछ । सामाजिक कार्यमा मन जाने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्राको योग देखिन्छ । सानो प्रयत्नले पनि ठूलो काम बन्न सक्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । वाणीद्वारा धेरैलाई प्रभावित बनाउन सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अगाडि बढ्ने देखिन्छ । दिन राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वस्त्र तथा आभूषणका व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । अकस्मात धनलाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएका कामकाज विस्तारै सम्पादन हुँदै जानेछन् । मिष्ठान्न भोजन प्राप्त होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा खट्पट बढ्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । तीर्थ यात्राको योग रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमसम्बन्धमा उतार–चढाव आउन सक्छ । नयाँ काम थालनी गर्दा विचार पु¥याउनु होला ।