श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल कात्तिक ३० गते मङ्गलबार,  १६ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक शुक्लपक्षको द्वादशी तिथि ८ः२० बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र रेवती २०ः३० बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ६ः२५ र सूर्यास्त ५ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
यात्रा कष्टकर रहनेछ । चोटपटकको योग रहेकोले विशेष यात्रा गर्दा विचार पु¥याउनु होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कस्मेटिक व्यापार–व्यवसायबाट मनग्य लाभ हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आँखासम्बन्धी समस्याले सताउन सक्छ । वैदेशिक यात्राको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीमा नयाँ स्रोतहरू फेला पर्नेछन् । सोचेजस्तो आम्दानी हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा लगानी गर्दा पछिका लागि फाइदा हुनेछ । यात्रा सफल रहने देखिन्छ । मन शान्त रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पु¥याउनेछ । समय राम्रो रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानो प्रयत्नले ठूलो काम बन्ला । कामले सम्मानित स्थान दिलाउने देखिन्छ । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला । शुभचिन्तकहरूका माध्यमबाट धनलाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसर र व्यवहारका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ । अरूको विश्वास जितिएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइ एवम् आफन्तको भरपूर सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अगाडि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन खरिद गर्ने योग रहेको छ । खेलकुदमा समय व्यतित हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा गर्दा सावधानी अपनाउनु होला । पुराना कामकाज बिग्रन सक्छन् । दिन सामान्य रहेको छ ।