श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर १ गते बुधबार,  १७ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक शुक्लपक्षको त्रयोदशी तिथि १०ः०९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अश्विनी २२ः५९ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः२६ र सूर्यास्त ५ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । मन प्रफुल्लित रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन सक्ने हुँदा सचेत रहनु उचित होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घर निर्माणसम्बन्धी कार्य गर्दा सफलता मिल्नेछ । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । अध्ययन– अध्यापनमा रुचि बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सरकारी क्षेत्रबाट सफलता पाइनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग रहेको छ । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक भेटघाटले खुसियाली आउनेछ । प्रतिष्ठित काम गर्दै दाम र नाम कमाउने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला । उठ्नुपर्ने रकम हातलागी हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन खरिद गर्ने योग रहेको छ । वैदेशिक क्षेत्रबाट प्रशस्त लाभ रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रबाट सोचे अनुरूप आम्दानी नहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक तथा धार्मिक क्षेत्रमा अभिरुचि बढ्नेछ । तीर्थ यात्राको योग रहेको देखिन्छ ।