श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर २ गते बिहीबार, १८ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक शुक्लपक्षको चतुर्दशी तिथि १२ः१९ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र भरणी १ः४५ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः२६ र सूर्यास्त ५ः१० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । सोचेजस्तो आम्दानीले मन प्रसन्न रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेमसम्बन्ध सफल रहला । स्वास्थ्यमा विशेष ध्यान पु¥याउनु होला । दिन सामान्य रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सवारी साधन खरिद गर्ने योग रहेको छ । वैदेशिक क्षेत्रबाट प्रशस्त लाभ होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दूध तथा कृषिबाट प्रशस्त लाभ मिल्नेछ । पारिवारिक समस्या आउला । दिन सामान्य रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका कार्यहरू विस्तारै सम्पादन हुँदै जानेछन् । लामो दूरीको यात्रा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक तथा धार्मिक क्षेत्रमा मन जानेछ । पुरानो रोग पुनः बल्झिन सक्ने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । व्यापारमा लगानी गर्दा प्रशस्त लाभ होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यात्रा गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । मालसामान हराउन सक्ने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विद्या र बुद्धिको विकास हुनेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च लागे पनि कामबाट सकारात्मक सङ्केत प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला ।