श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर ३ गते शुक्रबार,  १९ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, कार्तिक शुक्लपक्षको पूर्णिमा तिथि १४ः४६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र कृतिका ४ः४४ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः२७ र सूर्यास्त ५ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्यमा समस्या आउन सक्छ । सहकर्मीबाट विरोध आउन सक्ने हुँदा सचेत रहनु होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समाज सेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । समाजसेवामा मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजन प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला र साहित्यमा रुचि बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक जमघटमा मन रमाउनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चलाखीपूर्ण बोलीले कामकाज सिद्ध हुनेछ । साथीभाइसँग समय बित्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । दिन राम्रो रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
श्रमको उचित मूल्याङ्कन हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग रहेको छ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक कारोबारमा सफलता पाइएला । जोस, जाँगर र उमङ्ग बढ्ला । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोटो दूरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउने देखिन्छ ।