श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर ४ गते शनिबार,  २० नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर मङ्सिर कृष्णपक्षको प्रतिपदा तिथि १७ः२३ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र रोहिणी ७ः५१ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः२८ र सूर्यास्त ५ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएका कामसमेत सम्पादन हुनसक्छ । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । कला र साहित्यमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारमा सुख, सन्तोष पनि छाउनेछ । शुभकार्यको चर्चा चल्ने देखिन्छ । दिन राम्रो रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विचार पु¥याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चिताएको कामले तीव्रता पाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाभदायक यात्राको सम्भावनालाई  नकार्न सकिँदैन । मान सम्मान प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ । दिन राम्रो छ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम पुनः सुचारु हुनेछन् । जग्गा–जमिनको कारोबारबाट फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरमा अतिथिको आगमन हुनेछ । स्वास्थ्यको ख्याल गर्नु होला । दिन सामान्य रहेको छ ।