श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर ५ गते आइतबार, २१ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग कृष्णपक्षको द्वितीया तिथि २०ः०६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र रोहिणी ७ः५१ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः२९ र सूर्यास्त ५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । नयाँ कामको थालनी गर्दा सचेत रहनुहोला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रिस, आवेश र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना रहेको छ । दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । नयाँ काम बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता पाइनेछ । समाज सेवामा मन जाने देखिन्छ । दिन राम्रो रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमसम्बन्धमा सफलता पाइनेछ । यात्रामा मालसामान हराउन सक्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार–व्यवसायबाट सोचेअनुरूप आम्दानी हुनेछ । तीर्थ यात्राको योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पेटसम्बन्धी समस्याले सताउन सक्छ । मानसिक चिन्ता बढ्ने देखिन्छ । दिन सामान्य छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउनु पर्ने योग देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ । सामाजिक कार्यमा अभिरुचि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घर निर्माण कार्यमा बाधा आउन सक्छ । वैदेशिक कार्यर्को काम अघि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सवारी साधन चलाउँदा सचेत रहनुहोला । चोटपटक लाग्न सक्छ । पढाइमा रुचि बढ्नेछ ।