श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर ६ गते सोमबार, २२ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, मङ्सिर कृष्णपक्षको तृतीया तिथि २२ः४६ बजेसम्म, उप्रान्त चतुर्थी नक्षत्र मृगशिरा १०ः५९ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः२९ र सूर्यास्त ५ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समय राम्रो रहेको छ । वैदेशिक यात्राको योग देखिन्छ । मिष्ठान्न भोजनको योग रहेको छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्न सक्छ । दिन सामान्य छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्यमा सुधार आउने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको योजना बन्नेछ । नजिकका व्यक्तिको सहयोगबाट आँटेका काम सफल हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धि र विवेकको प्रयोग गर्नसके आजको दिनलाई सकारात्मक बनाउने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा लगानी गर्दा प्रशस्त मात्रामा लाभ हुनेछ । तीर्थ यात्राको योग रहेको देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ होला । सोचेअनुरूप काम बन्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध सफल रहनेछ । दिन राम्रो छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका कामले पनि निकास पाउनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउन सकिनेछ ।