श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर ७ गते मङ्गलबार, २३ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग कृष्णपक्षको चतुर्थी तिथि १ः१६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र आद्र्रा १४ः०१ बजेसम्म, उप्रान्त पूनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः३० र सूर्यास्त ५ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च लागे पनि कामबाट सकारात्मक सङ्केत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नु पर्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । कला र साहित्यका क्षेत्रमा रुचि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगानशीलताले कामकाज अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । दिन राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मबल बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिन शुभ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइ तथा कुटुम्बको सहयोग मिल्नेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ । दिन राम्रो रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेका र ताकेका कार्यहरू पूरा होलान् । नयाँ कार्यको योजना बन्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो यात्रा होला । वस्त्र तथा अलङ्कार प्राप्त हुनसक्छ । प्रेमसम्बन्ध सफल रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । दिन राम्रो छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन खिन्न हुने स्थिति आउनेछ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शत्रुबाट छुट्कारा मिल्नेछ देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तहरूको सहयोगले कामकाज अगाडि बढ्नेछन् । लामो दूरीको यात्रा रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दीर्धकालीन योजना कार्यान्वयन हुने र त्यसबाट दूरगामी प्रतिफल प्राप्त हुनेछ ।